काठमाडौं–पछिल्लो वर्ष स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका निक्षेप बढेको छ । स्वीस नेसनल बैंक एसएनबीले हालै सार्वजनिक गरेको २०१७ को वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।


ADVERTISEMENT


सन् २००८ मा स्वीट्जरल्याण्डका बैंकमा कुल आठ करोड ६२ लाख २१ हजार स्वीस फ्य्राङ्क बराबरको नेपाली रुपैयाँ रहेकोमा गत वर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ । सो रकम नेपाली व्यक्ति र संस्थाको भएको छ ।


ADVERTISEMENT

# # #


सन् १०१७ मा स्वीस बैंकहरुमा नेपाली बैंकहरुको ३० करोड ७२ लाख ७१ हजार स्वीस फ्य्राङ्क रहेको देखिन्छ । त्यस्तै, एक करोड ४७ लाख ८५ हजार स्वीस फ्य्राङ्क अन्य ग्राहकको भएको एसएनबीे जनाएको छ ।

आठ लाख २९ हजार स्वीस फ्य्राङ्क जम्माकर्ताको भने परिचय खुलाएको छैन। यसमा भने कतिपय गैरकानुनी आर्जनको रकमसमेत हुनसक्ने जानकारहरु बताउँछन् । – आजको आर्थिक अभियान दैनिकबाट