सुर्खेत– कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको हो । खराब मौसमका कारण सयौं अलपत्र छन् ।


ADVERTISEMENT


नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय र हुम्ला सदरमुकाम सिमकोटमा ६ सय २९ तीर्थयात्री रोकिएका छन् । बुधबार मौसम सुध्रेपछि तीन सय १० जनालाई नेपालगन्ज झारिएको छ ।


ADVERTISEMENT

# # #


भारतीय दूतावासको खर्चमा नेपाली सेनाको हेलिकप्टरले दुई फ्लाइट गरी यात्रीलाई नेपालगन्ज झारेको थियो । शनिबारदेखि मौसम खराब भएपछि मानसरोवर जाने र फर्किने यात्रु अलपत्र परेका थिए । – आजको कान्तिपुरबाट