काठमाडौं– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार मुलुकभरका स्थानीय तहले असार १० भित्र बजेट पेश गरिसक्नुपर्ने थियो ।


ADVERTISEMENT


तर कानून उल्लंघन गर्दै देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ८७ वटाले (५० प्रतिशत) गाउँ वा नगरसभामा १० गतेभित्रै बजेट पेश गरेनन् ।


ADVERTISEMENT

# # #


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केही स्थानीय तहले १० गतेपछि ल्याए पनि २ सय ९९ (४० प्रतिशत) ले बल्ल बजेटको सुरसार गर्दैछन् ।

बजेट नल्याउनेमा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका मात्रै होइन, एउटा महानगरपालिकासमेत छ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट ल्याउने बेला जापान भ्रमण (असार ७ देखि १२ गतेसम्म) मा गएका थिए । – आजको कान्तिपुरबाट