काठमाडौं– अर्जेन्टिनाका महान खेलाडी म्यारोडोनाले ब्राजिल रसिया विश्वकपको बलियो उपाधि दावेदार भएको बताएका छन् । उनले विश्वकपमा ब्राजिलले गरिरहेका प्रदर्शन हेर्दा उपाधि जित्ने सम्भाना धेरे रहेको बताएका हुन् । ‘म यो विश्वकपको मजा लिइरहेको छु । मलाई लाग्छ ब्राजिल निकै बलियो छ र उनीहरु उपाधिको यात्रामा छन् ।’


ADVERTISEMENT


उनले नेयमार माथि भइरहेका फउलको आलोचना समेत गरेका छन् । अन्तिम १६ मा मेक्सिकोसँगको खेलमा नेयमार लयमा देखिएका थिए । पछिल्ला चार खेलमा उनी त्यसमा बढी प्रभावकारी मानिएको छ ।


ADVERTISEMENT

# # #


सोही खेलमा नेयमारले विपक्षी खेलाडी फाउलमा बढी अभियन गरेको भन्दै आलोचना भइरहँदा म्यारोडोनाले भने फाउलको आलोचना गरेका हुन् । ब्राजिलले २–० ले जितेको खेलमा मेक्सिकन खेलाडीले लगातार फाउल गरिरहेका थिए ।

‘उनले हामीलाई कि त रुवाउछन् की त हसाउँछन् । मेक्सिन खेलाडीले उनलाई जति बेला रोक्थ्ये म रुन चाहन्थे । तर उनी जति बेला बल लिएर अघि बढ्ने मलाई हाँस्न मन लाग्थ्यो,’ म्यारोडोनाले भनेका छन् ।