काठमाडौँ– ‘मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा नेपाल प्रहरी’ विषयमा राष्ट्रिय स्तरको एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा, आइजिपी सर्वेन्द्र लगायत नेपाल प्रहरी तथा अन्य पदाधिकारीहरु सहभागी भएको उक्त गोष्ठीमा काठमाडौँको पार्क भिलेजमा सम्पन्न भएको हो ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले मानव अधिकार शुसासनसंग सम्बन्धित रहेको र यसको संरक्षरण र प्रबद्दनको लागि नेपाल प्रहरीको मुख्य दायित्व रहेको भन्दै छोटो समयमै प्रहरीले मानव अधिकारमा संरक्षरणमा खेलेको भूमिका ज्यादै साह्रनीय रहेको बताए ।


ADVERTISEMENT

# # #


विश्वव्यापीकरणका कारण मानव अधिकारमा धेरै चुनौति थपिएको बताउँदै उनले नेपाल प्रहरीले तस्करी, गैह्रकानुनी क्रियाकलाप, अपराध, मानव तस्कर नियन्त्रणको लागि उल्लैखनीय भूमिका निर्वाह गरेको बताए । यस्तै नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले यस कार्यशाला गोष्ठीले नेपाल प्रहरीमा मानव अधिकारको क्षेत्रमा देखापरेको चुनौती र त्यसको उपायहरु पत्ता लगाउन सहयोग गर्ने बताए ।

मानव अधिकारलार्इ गलत ढंगले व्याख्या गर्नु राम्रो नभएको भन्दै उनले प्रहरी सरकारको ‘फ्रन्ट लाइन एजेन्सी’ भएकोले मानव अधिकारको उल्लंघन गरेको आरोप लाग्ने गरेपनि कुनै अपराध र अपराधीका समुहका कारण जनतामाथि परेको असर प्रहरीलाई सह्य नहुने बताए ।

मानव अधिकारको संरक्षण, अपराधको रोकथाम, नियन्त्रण, घटित अपराधको अनुसन्धानका साथै जनतालाई सुरक्षा दिनु प्रहरीको मुख्य जिम्मेवारी भएको भन्दै उनले यी कुराहरुमा नेपाल प्रहरी आफ्नो क्षमताले भ्याएसम्म कटिवद्ध रहेको बताए ।

यस्तै प्रहरी अनुसन्धान विभागका प्रमुख डीआईजी धिरु बस्न्यातले यस कार्यशाला गोष्ठीले एक अर्काबीच जान्ने अवसर प्रदान गर्न तथा समस्याको समाधान र आगामी रणनीति तय गर्न सहयोग पुग्ने बताए । मानव अधिकारको संरक्षण, अपराधको रोकथाम, नियन्त्रण, घटित अपराधको अनुसन्धानका साथै जनतालाई सुरक्षा दिनु प्रहरीको मुख्य जिम्मेवारी भएको भन्दै उनले यी कुराहरुमा नेपाल प्रहरी सँधै कटिवद्ध रहेको बताए ।

कानुनको शासनविरुद्ध चुनौती दिने अपराधी, अपराधको स्वरुप आधुनिकरणसहित परिवर्तन हुँदै गएको बताउँदै उनले आजभोलि अन्तरदेशीय अपराध, टेरोरिष्ट फाईन्स, लागू औषध अपराध, साईबर क्राईम कुनै पनि राष्ट्रको लागि चुनौतिको रुपमा देखिएको उल्लेख गरे ।

उनले भदौ १ गतेबाट लागू हुन गई रहेको नयाँ कानुन फौवदारी अपराध संहिता एवमं कार्यविधिबारेमा विश्वसनियता बढाउन संगठन प्रमूखको निर्देशनमा राष्ट्रभरनै महान्यायधिवक्ताको कार्यालयको सहकार्य र नेपाल प्रहरीको आयोजनमा अपराध अनुसन्धान विभागले प्रादेशिक कार्यशाला गोष्ठी गरिरहेको जानकारी दिए ।