काठमाडौं– यो वर्ष जारी विद्यार्थी भर्ना अभियानपछि काठमाडौंमा अझै ६ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ ।


ADVERTISEMENT


यो संख्या ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको रहेका छन् ।


ADVERTISEMENT

# # #


संविधानअनुसार विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहतमा रहे पनि जनप्रतिनिधिले चासो नलिँदा भर्ना अभियान प्रभावकारी बन्न नसकेको समेत बताइएको छ ।

काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका छन् । महानगरमा ३२ र अन्य नगरपालिकाम गरी १ सय ६ वडा छन् ।

काठमाडौंमा २ सय ८२ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चालू शैक्षिक सत्रमा ८४ हजार विद्यार्थी भर्ना भएका छन् । – आजको कान्तिपुरबाट