प्यूठान– अमृत जीवन मावि नारीकोट प्यूठानमा ४८ जना बिद्यार्थीहरु एकाएक बेहोस हुने गरेका छन् । असार ५ गते देखि बेहोस हुने शिलशिला बढेकोले यतिवेला विद्यालय संगै सिंगो गाँउ नै त्रसित अवस्थामा रहेको छ ।


ADVERTISEMENT


शुरुमा केही बिद्यार्थीलाई यस्तो समस्या देखिएको थियो । शुरुमा घटनालाई सामान्य रुपमा लिएपनि असोचनीय रुपमा घटना विकसित हुन पुगेकोे बिद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरीले बताए ।


ADVERTISEMENT

# # #


यो घटना एक वर्ष अगाडी पनि भएको थियो । उतीबेला कम विद्यार्थीलाई भएको र स्थानिय डाक्टरको उपचार पश्चात समस्या हल भएको उनले बताए । अघिल्लो वर्ष समस्यालाई हल गर्नका लागि विद्यालय नजिकै मन्दिरको निर्माण गरि त्यतिबेला पुजा गर्ने गरेको र अहिले सोही कार्य नगर्नाले यो समस्या दोहोरिएको हुनसक्ने उनको ठम्याई छ ।

बिहिवार सम्मको रिपोर्ट अनुसार ४८ जना बिद्यार्थी बिद्यालयमा बेहोस भएका छन् । त्यस मध्य ३७ जना छात्रा र ११ जना छात्र रहेका छन् । त्यसले गर्दा ३ हप्ता देखि बिद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । अभिभावकको भनाइ अनुसार घरमा हुँदा सामान्य हुन्छ तर बिद्यालय आँउदा परिस्थिती जटिल बन्छ । ३ हप्ता देखि देखिएको यो समस्यालाइ सम्बन्धित पक्षले ध्यान नदिँदा स्थिति भयावह बनेको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार यो मनोवैज्ञानिक रोग भएकाले नआत्तिन र नअतालिन आग्रह गरेका छन् । केहि दिन विद्यालय बन्द राखेर ती मनोवैज्ञानिक समस्याबाट प्रभावित विद्यार्थीलाई शान्त वातावरणमा छाड्दिन पर्ने उनीहरुको सुझाव रहेको छ ।

घटनाले भयाभह रुप लिएपछि विहिवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख, जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी, स्वास्थ्यकर्मी सहितको टोली समस्याबारे थप बुझ्नका लागि त्यहा पुगेको थियो । घटनाबारे प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञ मनोवैज्ञानिक चिकित्सकलाई तत्काल बोलाउने बताए ।