उर्लाबारी, मोरङ– लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो ।


ADVERTISEMENT


चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिएको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन् ।