काठमाडौं – सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा लागु नगर्न अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो । अधिवक्ता दिनेश त्रिपाठीले शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको हनन् भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र जारी गर्दै आन्दोलन र प्रदर्शनका लागि स्थान तोकिदिएको छ ।


ADVERTISEMENT

# # #


त्यसको अहिले प्रमुख प्रतिपक्षी कांग्रेससहित विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । सर्वोच्च अदालतले २९ गते दुवै पक्षलाई बोलाएको छ ।