काठमाडौं–जापानी मिडफिल्डर केइसुकी होन्डाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।


ADVERTISEMENT


जारी विश्वकपको प्रिक्वार्टर फाइनलमा बेल्जियमसँग ३–२ को पराजय व्यहोरेको अर्को दिन होन्डाले सन्यासको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘राष्ट्रिय टिममा मेरो करियर टुंग्याउँदैछु,’ होन्डाले भनेका छन्,‘म खुसी छु किनभने हामीसँग राम्रा यूवा खेलाडी छन् । जापानी फुटबलको इतिहास लेख्ने पालो अब उनीहरूको हो ।’

होन्डाले सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ३२ वर्षिय होन्डाले जापानका लागि ३७ गोल गरेका छन् ।