काठमाडौं– डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेसले शुक्रबार नै डा. केसीको जीवन रक्षा गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । त्यसमा चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक ल्याउनु पर्ने माग गरिएको थियो ।


ADVERTISEMENT


तर, कार्यसूचीमा नपरेपछि बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाए । सभामुखले समय दिएपछि प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको शुक्रबार नै छलफल गर्नु पर्ने बताए । नभए सदन अघि बढ्न नसक्ने बताए ।


ADVERTISEMENT

# # #


सभामुख कृष्णबहादुर महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिए । साथै सदन सुचारु गर्न सहयोग मागे । तर, कांग्रेस सांसदहरुले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै सदन अवरुद्ध गरिरहे ।

आधा घन्टालाई स्थगित भएपछि बसेको अर्को बैठक पनि कांग्रेस सांसदहरुले अवरुद्ध गरेका छन् । जरुरी सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक दिलेन्द्र बडूले डा. केसीको जीवनरक्षाको गम्भीर प्रश्नमा सरकार गम्भीर नभएको भन्दै संसदको कारबाही अघि बढ्न नसक्ने बताए ।

सभामुखले सदनको ध्यानाकर्षण भएको र अर्को बैठकमा सरकारले जावाफ दिने भन्दै बस्न आग्रह गरे । तर, कांग्रेस सांसदहरुले बस्न नमानेपछि २५ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।