काठमाडौँ– “डाक्टरले पित्तमा पत्थर निकै छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि मन सिरिङ्ग भयो, डर लाग्यो”, पूर्व प्रहरी नायब उपरीक्षक मोहनकृष्ण घलेले भने, “एक पटक आयुर्वेदिक औषधि खाएर हेर्छु भन्ने मनमा आयो, त्यसपछि आयुवेदिक औषधि खाएँ ।”


ADVERTISEMENT


ओलखुढुङ्गा स्थायी घर भई हाल सिफल बस्ने घले अहिले ८० वर्षको भए । उपचार गर्दा उनी ६५ वर्षको रहेका थिए । शल्यक्रिया गर्न उमेरले पनि ठीक हुँदैन कि भन्ने भयो । ललितपुरको कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी आयुर्वेद औषधि खाएपछि पत्थरी पूर्णरुपमा ठीक भयो ।


ADVERTISEMENT

# # #


घलेजस्तै सोलुखुम्बु स्थायी घर भई हाल बत्तीसपुतली बस्ने नीरबहादुर कार्की पनि पित्त पत्थरीको उपचारमा आयुर्वेदीय औषधिको प्रयोगबाटै ठीक भएका छन् । “डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेको थियो तर मैले आयुर्वेदिक औषधि खाइहेर्छु भनेर आएँ, अहिलेसम्म बल्झिएको छैन, म ठीक छु”, उनले आफूलाई शल्यक्रिया नगरी पित्त पत्थरी ठीक भएकामा खुशी व्यक्त गरेका छन् । उनले ५२ वर्षका उमेरमा उपचार गरेका थिए । अहिले उनी ७० वर्ष भए ।

शुरुमा त उनलाई पनि आयुर्वेदिक औषधि खाएर के ठीक होला त भन्ने लागेको थियो तर औषधि खाँदै जाँदा ठीक भयो । “पछि डाक्टरकहाँ परीक्षण गर्न गएँ, पित्तमा पत्थरी छैन, डाक्टर पनि छक्क पर्नुभयो, पित्तमा पत्थरी थियो कहाँ गयो भन्नुभयो, पित्त पत्थरका लागि आयुर्वेद उत्तम औषधि हो ।”

पित्त पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रूपमा हुने देखिएको छ । पित्त पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो हुन्छ तर आयुर्वेद उपचार पद्धति र औषधिको प्रयोगबाट सरल तरिकाले ठीक हुन्छ । अल्ट्रासाउण्ड गरेर पित्त पत्थर भएको थाहा भएपछि दुई महीना आयुर्वेदिक औषधि सेवनपछि ठीक हुन्छ । पित्तपत्थर भएको पुष्टि भएपछि दुई महिना औषधि खाँदा ठीक हुन्छ । अलि कडा भए केही समय थप गर्नुपर्छ । वैद्य राउतले भने, “पित्तपत्थरको उपचार गर्न शल्यक्रिया गर्न पर्दैन, शल्यक्रिया महँगो र पीडादायी हुन्छ ।”

पित्त पत्थर भएको शङ्का लाग्नेबित्तिकै अल्ट्रासाउण्ड गरेपछि थाहा पाउन सकिन्छ । वैद्य राउतले थपे, “पित्त पत्थर ठोस पदार्थ नभई कानेगुजी वा चकलेटजस्तो भएको हुनाले आयुर्वेद उपचारपछि त्यो बिलाएर नाश हुन्छ ।”

शरीरमा हरेक अङ्गको ओरालो नली हुन्छ तर पित्तको नली उकालो हुन्छ । कलेजोसँग माथि फर्केर टाँसिएर रहेको हुन्छ । ठोस नै निस्केर जाने कुनै अवस्था हुँदैन । आयुर्वेदिक विधि र सचेतनाद्वारा ठोस वस्तुलाई बिलीन प्रक्रियाद्वारा समाधान गरिन्छ । बिलाएपछि पित्तरसजस्तै हुन्छ । रस निस्कने बाटो हुन्छ तर ठोस निस्कने बाटो हुँदैन ।

वैद्य राउतले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा २०४६/४७ सालतिर विश्व स्वास्थ्य संगठनको सहयोगमा १५ महिने तालीम प्राप्त गरेपछि पित्त पत्थर बिलाउने विधिको विकास गरी नेपाली नागरिकलाई विनाशल्यक्रिया समाधान गरी सेवा गर्दै आएका छन् । राउतले थपे, “२५ वर्षदेखि पित्त पत्थरको उपचार गरेको छु, निरन्तर सेवामा छु, पित्तले पाचन प्रक्रियालाई सदाबहार र स्वच्छ जीवन जिउन धेरै सहयोग पु¥याउँछ ।”

राउतलाई राज्यले मौलिक आयुर्वेदलाई प्राथमिकता दिएर संरक्षण गरे हुन्थ्यो भन्ने लागेको छ । उनले थपे, “विश्व बौद्धिक सम्पत्ति संगठनले हरेक राज्यलाई आफ्नो देशको मौलिकता सुरक्षित गर्ने अधिकार दिएको छ, नेपालले पनि आयुर्वेदजस्तो सम्पत्ति सुरक्षा गर्नु जिम्मेवार कार्यभित्र पर्छ, विकसित मुलुकमा पनि यस्ता मौलिक सम्पत्तिको संरक्षण राज्यले नै गरिदिन्छ ।

पत्थरका बिरामीलाई आयुर्वेद औषधि पहिलो चरणमा दुई महीनाका लागि रु १० हजार पर्छ । धेरैजसो व्यक्तिलाई पहिलो चरणको औषधिबाट नै ठीक हुन्छ । पत्थर निकै कडा भएर तरल नभएका अवस्थामा दोस्रो चरणमा पनि औषधि खानुपर्ने हुन्छ । दोस्रो चरणबाट क्रमशः पहिलेको आधा अर्थात् रु पाँच हजार मात्र लाग्छ ।

पित्त पत्थरका लक्षण पेट र कोखा दुख्ने भनिए तापनि यो मौन समस्या हो । तत्काल यसको असर देखिँदैन । पित्त पत्थर के कारणले हुन्छ भन्ने हालसम्म वरिष्ठ वैज्ञानिकले पनि ठोकुवा गरेर भन्न सकेका छैनन् । सामान्यतया आहारविहारमा हुने अनावश्यक रसायन जमेर ठोस बन्छ । अनि पित्त पत्थर हुने देखिएको बताइएको छ । पित्तथैली भनेको प्रकृतिले भरिदिएको औषधालयको थैली हो जसले पाचन प्रक्रियामा मद्दत गर्छ । रासस