रसुवा– घरेलु तथा साना उद्योग विकास समितिले उत्पादन गरेको डकर्मीद्वारा भूकम्पपछिको आवास निर्माणमा मद्दत पुगेको छ ।


ADVERTISEMENT


जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार घर निर्माणमा दक्ष जनशक्तिको अभाव भइरहेका अवस्थामा समितिले गाउँ गाउँमा प्रदान गरेको डकर्मी तालीमले भूकम्प प्रतिरोधी आवास निर्माणमा थप मद्दत पुगेको छ । चालू आर्थिक वर्षमा समितिले रसुवाका पाँच गाउँपालिकामा ६६ महिलासहित १९४ बासिन्दालाई डकर्मी तालीम प्रदान गरेको थियो । तालीमप्राप्त सबै डकर्मी भूकम्पपछिको आवास पुनःनिर्माणको काममा लागेकोसमितिका प्रमुख खगेन्द्र नेपालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


डकर्मीका लागि तालीम सीप प्रदान गर्न रु ३५ लाख ४७ हजार खर्च भएको छ । स्रोतको उच्चतम प्रयोग, दक्ष जनशक्ति निर्माण, स्थानीयस्तरमै रोजगारी सिर्जना, जीवनयापनमा सहजता, परम्परागत सीप र कलाको संरक्षण, प्रवद्र्धन तथा भूकम्प प्रतिरोधात्मक आवास निर्माणमा सहज पु¥याउने उद्देश्यले वार्षिक कार्यतालिकाबमोजिम डकर्मी तालीम प्रदान गरिएको समितिले जनाएको छ ।

समितिले रसुवामा दिएका सीप विकास तालीम क्रमिक रुपले प्रगतिपथमा अगाडि बढेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए । समितिले चालू आर्थिक वर्षमा ग्रामीणवासीको सीप क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत चारलाई मोटरसाइकल मर्मत, १० लाई माला तथा क्रिष्टल गहना निर्माण, ५० लाई ढाका तथा स्यामा बुनाइ, २० लाई परम्परागत घरेलु उद्योग र १२ लाई सिलाइ– बुनाइ– कटाइ र ३० जनालाई खुकुरी बनाउने तालीम प्रदान गरिसकेको घरेलु शाखाका प्रमुख नेपालले बताएका छन् । सीप विकास प्रशिक्षण तालीममा रु १९ लाख ९० हजार खर्च भएको जनाइएको छ । विगतमा दिइएको हाउस वाइरिङ तथा जुस उत्पादनका तालीमले रोजगारीको ठूलो अवसर मिलेको स्थानीय उद्यमी बाबुराम श्रेष्ठले बताएका छन् । रासस