काठमाडौँ– एनआईसी एशिया बैँक लिमिटेडले काभ्रेपलाञ्चोकस्थित उग्रचण्डी भगवती मन्दिर, नालालाई सोलार बत्ती र सीसीटीभी क्यामराहरु सहयोग गरेको छ । बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको वित्तीय सहयोगमा उक्त सामग्री उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बैँकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा सोलार बत्ती र सीसीटीभी क्यामराहरु हस्तान्तरण गरिएको बैँकले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्व साधारणका दैनिक क्रियाकलापमा सहयोग पु¥याउने हुनाले उक्त कार्यको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले प्रशंसा गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।