काठमाडौँ– दलहरुबीच सहमति नभएपछि संसद् बैठक फेरि स्थगित भएको छ । बैठक भोलि (बिहीबार) ४ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


स्थानीय तहको संख्या बढाउने सरकारी निर्णयको विरोधमा एमालेले संसद् सञ्चालनमा अवरोध पुर्‍याउने चेतावनी पछि बैठक सारिएको हो । हिजो पनि पटक पटक बैठक स्थगित गरिएको थियो ।


ADVERTISEMENT

# # #


संसद सञ्चालन हुन नसक्दा आगामी आर्थिक वर्षको प्रि–बजेटमाथिको छलफल कार्यसूचि प्रभावित भएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भनिएको सम्बोधनको कार्यक्रम पनि रोकिएको छ ।