काठमाडौं– गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञा बिजनेस भिसाको आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन डिपोर्ट गरेको छ ।


ADVERTISEMENT


व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थियो ।


ADVERTISEMENT

# # #


निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा रहेको छ ।

इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवतः पहिलो घटना हो ।

अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले भिसा दुरुपयोग गर्ने जो कोहिमाथि कारवाही हुने बताए । – आजको अन्नपुर्ण पोष्टबाट