काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन कुनै लहडको विषय नभएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएको प्रश्नको  सोमबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन कुनै ‘इगो’को विषय नभई जनताको आवश्यकताको विषय र आवश्यकताको आधारमा संशोधन हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


संविधान संशोधन दोहोरी गीत गाउँदा बीचमा राखिएको थेगो जस्तै विभेदकारी संविधान भन्ने शब्दलाई गीतको थेगोजस्तो प्रयोग गर्न नमिल्ने बताए । लोकतन्त्रमा विभेद स्वीकार्य नहुने भन्ने उनले भने, ‘संविधानमा कहीँ विभेद छ भने साथीहरुले देखाउनुभए हुन्छ । लोकतन्त्रमा विभेद ग्राह्य हुँदैन, स्वीकार्य हुँदैन । विभेद हटाइन्छ । तर, संविधान संशोधन गीतको बीचमा भनेजस्तै दोहोरी गाउने भाका होइन ।’

झुलुङ्गे पुल नबन्ने ठाउँमा केबलकार सुरु गरेर भए पनि तुइन विस्थापन गरिन्छ : प्रधानमन्त्री ओली

आवश्यकताका क्षेत्रमा सरकार सँधैँ छलफल गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा संविधान संशोधनबाट सरकार पछि नहट्ने बताए । उनले भने, ‘यो संविधान नेपाल राष्ट्रलाई अगाडि बढाउन र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनका लागि ल्याएको हो हामीले । त्यस कारण यो संविधानले नेपाली जनतालाई असुविधा भएको छ भने कसका लागि हामी संविधान काखी च्यापेर बस्ने ? संविधान नेपाली जनताको आवश्यकता र विकासका लागि संशोधन हुन्छ ।’

संविधानलाई विभेदकारी र नश्लवादी भन्नु घातक भएको भन्दै उनले दुनियाँका संविधानसँग दाँज्दा यस संविधानको निर्माण प्रक्रिया, निर्माणको संस्थादेखि जारी गर्दासम्म नश्लवादी कहाँनेर देखियो भन्ने प्रश्न गरे । प्रधानमन्त्री ओलीले भने, ‘सँधै जातका कुरा गर्ने नश्लवादी नहुने, जातापात होइन साझा विकास गरौँ भन्ने नश्लवाद ?’

‘मलाई शक्तिशाली हुने इच्छा र चाहना छैन’

संघीयताको अधिकारमा कतै अतिक्रमण नभएको भन्दै प्रधानमन्त्री ओलीले आफूले कुनै पनि मन्त्रालय नराखेको तथा आफू र आफ्नो कार्यलयप्रति शंका नगर्न आग्रह गरे । शक्तिशाली हुने आफूलाई इच्छा तथा चाहना नभएको र आफू त्यसमा सहज रहेको उल्लेख गर्दै उनले सरकार भने शक्तिशाली चाहिन्छ भने ।

सम्बन्धित समाचार
संविधान संशोधन दोहोरी गाउने भाका होइन : प्रधानमन्त्री ओली

गलत सामाजिक मान्यताका विरुद्धका अभियान लिएर आफू कर्णालीदेखि सिराहासम्म पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस स्थानका सांसदले पनि कुरीति तथा पछौटेपनालाई अन्त्य गर्ने गरी अभियान चाल्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले समतामुलक सामाजिक व्यवस्थाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाल यहाँ बसोवास गर्ने सम्पूर्ण जातजाति र भाषाभाषीको देश हो, केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन सक्दैन भने ।