काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलले झुलुङ्गे पुल नबन्ने ठाउँमा केबलकार सुरु गरेर भए पनि तुइन विस्थापन गरेरै छाड्ने प्रतिवद्धता गरेका छन् । राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तुईन विस्थापित गर्ने लक्ष्य पूरा गरेरै छाड्ने बताएका हुन् ।


ADVERTISEMENT


आफू प्रधानमन्त्री हुँदा तुइन निर्माणका र ममर्तका लागि  ३० करोड बजेट छुट्याइएको बताउँदै उनले आफू आईसकेपछि तुइन निर्माण गर्न निषेध गरेको बताए । दुई वर्ष अघि आफूले तुइन विस्थापित गरेर निर्माण गर्ने कार्य थालेको स्मरण गर्दै उनले अहिले ९५ वटा झलुङ्गे पुल बनिसकेको र ४७ निर्माणधीन रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुई वर्षभित्र तुइन हटाएर झुलुङ्गे पुल निर्माणका लागि १ अर्ब ४१ करोड बजेट छुट्याए पनि आफू सरकारबाट हटेपछि त्यो रकम ३० करोडमा झरेको उनले बताए ।

महाकाली नदीमा पाँच वटा झुलुङ्गे पुल निर्माणको क्रममा रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतीय पक्षसंग पनि पुल निर्माणको लागि सहमती गरेको उल्लेख गरे । १६ वटा ठाउँमा प्राविधिक हिसाबले तुइन विस्थापन हुन नसक्ने जानकारी आएपछि ती ठाउँमा केबलकार सञ्चालन गरेरै भएपनि तुइन विस्थापन गरेरै छाड्ने बताए ।

‘तपाईहरुलाई सुन्दा अनौठो लाग्ला, प्राविधिक रिपोर्टका बाबजुत म भन्न चाहन्छु, एउटा पनि तुइन नेपालमा रहन सक्दैन । विस्थापन हुन्छ । पक्की पुल बन्दैन भने झुलुङ्गे पुल बन्छ, झुलुङ्गे पुल बन्दैन भने केबलकार बन्छ ।’ उनले भने, ‘अलिकति बढी खर्च भए पनि नेपालीका छोराछोरी खोलामा खसेर मर्न दिन्नँ । त्यो मेरो प्रतिवद्धता हो । तुइन युग समाप्त भयो भयो । नेपाल अब तुइनमुक्त देश भयो । ’

यस्तै उनले पूराना तुइनका फोटा देखाएर आफूलाई चाँडो पुल निर्माण गर्न घच्घच्याएकोमा समेत धन्यवाद दिए ।