चितवन– चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको पहिलो जोडी गैंडा मंगलबार यहाँबाट काठमाडौँ पठाइने भएको छ ।


ADVERTISEMENT


यही असार २८ गते गैंँडा चीन पठाइनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले स्थानीय सरोकार भएकाहरुसँग छलफल गरी सबैलाई जानकारी दिएर मध्याह्न गैंडा काठमाडौँ पठाउन लागिएको बताए ।


ADVERTISEMENT

# # #


गैंँडालाई चीनसम्म छाड्न निकुञ्जकै वरिष्ठ चिकित्सक डा कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल र तीन सहयोगीसमेत पठाउन लागिएको छ । काठमाडौँसम्म गैंँडा छाड्न प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याललगायत जानेछन् ।