काठमाडौँ– एनआईसी एशिया बैंकले थप दुई नयाँ शाखा विस्तार गरेको छ । बैँकले डडेल्धुरास्थित अमरगढीमा डडेल्धुरा शाखा र डोटीस्थित सिलगढीमा दिपायल शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


सोमबार डडेल्धुरा शाखाको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र दिपायल शाखाको दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू.१७७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५१अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२०अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।