काठमाडौं–भारतीय राज्यसभा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् ।


ADVERTISEMENT


राज्यसभाका सभापति एम वेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् । संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताए ।


ADVERTISEMENT

# # #


आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारे ।

राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङकणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जनाए । नायडूले मंगलबार औपचारिक रुपमा यी भाषामा अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा समेल पनि गरे । – आजको अन्नपुर्ण पोष्टबाट