काठमाडौं– रुसमा जारी विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् । इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो, भने मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो । अब आइतबार हुने फाइनलमा दुवैको रोचक भिडन्त हुने छ ।


ADVERTISEMENT


यस अघिको खेलमा दुवै टिमले बार्सिलोनाका महान् फुटबलर मेस्सीको टिम अर्जेन्टिनालाई पराजय गरेर आएको छ । क्रोएसियाले समूह चरणको दोस्रो खेलमा ३(० गोल अन्तरले हराएको थियो । भने फ्रान्सले प्रि–क्वटारफाइनलमा ४–३ गोल अन्तरले हराएको थियो ।


ADVERTISEMENT

# # #


विश्वकपका खेल जति अघि बढ्दै गए त्यति नै त्यति नै रोचक हुदैँ गयो । विश्वकप फुटबल सुरु हुनु पूर्व र सुरु भएपछि पनि सम्भावित विजेताको रूपमा ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना, पोर्चुगल वा अरू यस्तै बलिया टिमको नाम लिने गरेको थियो । तर खेल अघि बढ्दै जाँदा यी सबै टिम एक पछि अर्को गर्दै घर फर्किए । फ्रान्स र क्रोएसियाको नाम लिने भनेको कहीँ कतै मात्रै सुन्थ्यिो । तर अब यही दुई टिमबाट सन् २०१८ को विश्वकप विजेता बन्दै छ ।

क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो भने फ्रान्स सन् १९९८ र सन् २००६ मा फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो ।

बुधबार राति मस्कोमा भएको सेमिफाइनलमा युवा टिम अनि सर्वाधिक गोलकर्ता ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डलाई क्रोएसिया रोमाञ्चक रूपमा पाखा लगायो ।

सुरुमा पछि परेर पनि क्रोएसियाले ग्यारेथ साउथ गेटको टिमलाई २–१ ले हराउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनायो । र अब उ कमैले सोचेको तर अब सम्भव जस्तै देखिँदै गएको विश्व विजेता बन्ने सँघारमा पुगेको छ ।