काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक एन्टोनिओ कोन्टेलाई बर्खास्त गरेको छ । उनको स्थान मारिजिओ सारीले लिनेछन् ।


ADVERTISEMENT


बीबीसीका अनुसार चेल्सीले ४८ वर्षीय कोन्टेको अवस्थाबारे केही बताउन चाहेको छैन, जसले पहिलो सिजन प्रिमियर लिग र गत सिजन क्लबलाई एफए कपको उपाधि दिलाउका थिए ।


ADVERTISEMENT

# # #


उनले प्रिसिजन ट्रेनिङ पनि थालेका थिए । तर, कोन्टेको स्थानमा इटालियन क्लब नापोलीका सारी आउने पक्का जस्तै भएको छ ।