एजेन्सी– विश्वको सबै भन्दा लामो ननङ्ग काटेका छन् । गत बुधबार हातमा सबैभन्दा लामो नङ्ग पालेर गिनिज बुक अफ बल्ड रेकर्ड राखेका भारतको श्रीधर चिल्ललले आफ्नो नङ्ग काटेका हुन् ।


ADVERTISEMENT


भारतको पुणे निबासी ८२ बर्षीय चिल्ललले ६६ वर्षदेखि पालिएका नङ्ग न्यूयोर्कमा विशेष कार्यक्रममा माझ काटिएको थियो । चिल्ललले १४ वर्षको उमेरदेखि आफ्नो बायाँ हातको नङ्ग बढाउदै आएका थिए ।


ADVERTISEMENT

# # #


उनलाई यो कार्य गर्ने प्रेरणा उनले एक पटक आफ्नो एक शिक्षकको पालिरहेका नङ्ग भाचिदिए पछि शिक्षकको बचनले आएको थियो । शिक्षकले चिल्लरलाई आफैले नपालेसम्म नङ्ग लामो पाल्न कति कठिन हुन्छ थाहा हुँदैन भनेर रिस व्यक्त गरेका थिए ।

शिक्षकको भनाईले चिल्लरको मन छोयो । त्यसपछि पाल्न थालेको उनको नङ्ग अघिल्लो पटक नाप्दा २९ फिट १०.१ इन्च लामो थियो । उनको सबैभन्दा लामो नङ्ग उनको बुढी औलामा थियो ।

तर यत्रो नङ्ग लिएर बाँच्नु सजिलो काम भने थिएन । चिल्लरका अनुसार उनको नङ्ग यति कमजोर थियो कि सुत्दा नभाच्चीयोस् भनेर उनी उनी ख्याल गरेर सुत्थे । उनले भनेः “नङ्गको सुरक्षाको लागि मैले धेरै हलचल गर्नु हुँदैनथ्यो । त्यसैले हरेक आधा घण्टामा म उठ्थें र हात अर्को तर्फ फर्काउथेँ ।” उनी यसै कारण नित्य पीडामा हुन्थ्यो । तर उनको नङ्गले केही फाइदा पनि ल्याउँथे । “मैले कहिले पनि लाइनमा उभिनु परेन ,” उनले गिनिज बुक रेकर्डस्सँगको कुरामा भने ।

यो ऐतिहासिक नङ्ग काट्ने समारोह टाइम्स स्क्वायरस्थित रिप्लीज विलिभ इट अर नट १ संग्रालयमा सम्पन्न भएको थियो । चिल्ललको काटिएको लामो नङ्ग यहीँ सार्वजनिकमा प्रदर्शनमा राखिनेछ ।

https://youtu.be/gwoYzpesr4c