एजेन्सी– बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको बलिउड फिल्मलार्इ प्रशंसक र फिल्मी जगतका हस्तीले निकै राम्रो प्रतिक्रिया आर्इरहेको छ ।


ADVERTISEMENT


तर सन्जु हेरेकी संजय दत्तकी बहिनी नम्रता दत्त भने फिल्मका दुई पात्रसँग खासै खुसी छैनन् । स्पटब्वाईलाई दिएको अन्तर्वार्तामा नम्रताले सञ्जु हेरेपछि रणबीरको कामको भने निकै प्रशंसा गरेकी छिन् ।


ADVERTISEMENT

# # #


नम्रतालाई सञ्जु फिल्ममा सुनिल दत्तको भूमिका मन परेन । यसबारे उनी भन्छिन्, ‘मेरो पापाको भूमिका कसैले पनि निभाउन सक्दैन । उनी मेरो र परिवारका लागि निकै विशेष छन् ।’

त्यस्तै आमा नरगिसको भूमिकामा मनिषा कोइरालालाई देखेपछि नम्रताले भनिन्, ‘निकै गाह्रो छ आमा–बुवाको भूमिका निभाउन । दुबै आइकोनिक रोल हो । तर दर्शकलाई फिल्ममा दुबैको भूमिका मन पर्यो, त्यो नै राम्रो कुरा हो ।’