लण्डन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन् । उनको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने भएका छन् ।


ADVERTISEMENT


ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपतिका रूपमा उनले गरेको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ ।


ADVERTISEMENT

# # #


दशौँ हजार प्रदर्शनकारीहरूले उनको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ । रासस/सिन्ह्वा