काठमाडौं– लामो समयदेखि राजधानीको वीरअस्पतालमा अनसनरत गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।


ADVERTISEMENT


शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङले जुस खुवाएर अधिकारीको अनसन तोडाएका हुन् ।


ADVERTISEMENT

# # #


द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै विगत लामो समयदेखि अनसनमा बसेकी थिइन् ।

अनसन तोड्दै गंगामायाले १० दिनसम्म जुसमात्रै खाएर बस्ने र सरकारको प्रतिबद्धतालाई हेर्ने बताएकी छन् । कानुनमन्त्री तामाङका अगाडि अधिकारीले छोराको हत्याराहरु तत्काल पत्ता लगाउन आग्रह गरिन् ।