काठमाण्डौ– २०७५ सालको एसइइमा उत्कृष्ट नतिजा ल्याउने सरकारी विद्यालयका विद्यार्थीलाई नेकपाका भातृ संगठनले सम्मान गरेका छन् । बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा उक्त सम्मान गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा देशभरका सरकारी विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउँने १५० जनालाई अक्सफोर्ड एडभान्स लर्नर डिक्स्नरी र सम्मान पत्र प्रदान गरिएको छ । यस्तै काठमाण्डौ उपत्यकाका १५ वटा र काठमाण्डौ उपत्यकाबाहिरका १५ वटा एसइइमा समग्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई ताम्रापत्रले सम्मान गरिएको छ ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा अखिलका पुर्व अध्यक्षद्धय संस्कृति, पर्यटक तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, सांसद नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले विधार्थी र विद्यालयलाई सम्मान गरेका थिए ।

साथै, उक्त कार्यक्रममा अखिलका पूर्व अध्यक्ष रामनाथ ढकाल तथा केन्द्रीय सदस्य विनोद अधिकारीको स्मृतिमा स्थापित १०ं२ तथा सिटिइभिटीका विधार्थीको लागि स्थापित १५ वटा छात्रवृति पनि प्रदान गरिएको थियो ।