बोस्टन (अमेरिका)– नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न आमरण अनसन बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकामा अभियान थालिएको छ ।


ADVERTISEMENT


केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट संघीय मानवअधिकार आयोग समक्ष अपिल गर्दै चेन्ज डट ओराजीमार्फत् हस्ताक्षर संकलन अभियान थालिएको हो ।


ADVERTISEMENT

# # #


बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिव प्रकाशले डा।केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए ।

शिवप्रकाशले बुधबार चेन्ज डट ओराजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसंग डा. केसीको जीवन बचाउने अभियानमा साथ दिन आव्हान गरेका छन् ।

त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले चेन्ज डट ओराजीमार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले औंल्याए । उनले डा।केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफूले यो अभियान थालेको बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बीना संसोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा. केसी १५ औं पटक फेरि अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ ।