काठमाडौँ । बलिउड नायिका पुनम पाण्डेले दरबारमार्ग स्थित डेजाभु क्लबमा बिश्वकप फुटवलको फाईनल हेर्ने कार्यक्रम यथावत रहेको आयोजकले जनाएको छ । ‘कार्यक्रम सञ्चालनका लागि प्रशासनबाट अनुमति पत्र लिईसकेको छ’ क्लवका सञ्चालक केपी गैरेले हिमालय पोष्टलाई भने ‘अनुमती पत्रको प्रतिलिपी काठमाडौं जिल्ला प्रशासन र प्रहरी प्रधान कार्यालयमा पठाउदैछौं ।’


ADVERTISEMENT


‘कार्यक्रम असफल बनाउन कस्ले अफवाह फैलाईरहेको छ’ उनले भने ‘आज राती फ्यानहरुले पुनमसंगै बिश्वकप फुटवल हेर्न पाउनेछन् ।’


ADVERTISEMENT

# # #


बलिउडकी कलाकार सहितको कार्यक्रमलाई सफल बनाउन प्रहरीले नै डेजाबुलाई सुरक्षा दिईरहेको गैरेले बताएका छन् ।

आज पौने नौ बजे फ्रान्स र क्रोएसियाबीच हुने विश्वकप फुटबलको फाइनल खेल हेर्न काठमाडौं आएकी नायिका पुनमले हिमालय पोष्ट टिभीसंगको बिशेष अन्तबार्तामा नेपाल मनमा बसेको भन्दै संगै फाईनल हेर्न आफ्ना फ्यानहरुलाई आग्रह गरेकी छन् ।

हेर्नुहोस् हिमालय पोष्टसंग बलिउड नायिका पुनम पौडेलसंगको बिशेष अन्र्तबार्ता :-