रौतहट – भनिन्छ, ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ मानिस – मानिसका लागि अपरिहार्य सम्बन्ध हो । बाँचुन्जेलको प्रतिस्पर्धा र प्रतिद्धन्दीको हिसाब किताब जीवनको अन्तिम समयमा आएर सबै चुक्ता हुने गर्छ । हो, यसैको एक उदाहरण हो – मलामी बनेका सांसद अफ्ताव आलम ।


ADVERTISEMENT


गत प्रतिनिधीसभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचन लड्दा एक अर्काका प्रतिस्पर्धी थिए काँग्रेस साँसद अफ्ताव आलम र तत्कालिन एमालेका उमेद्वार मुस्ताक आलम अर्फ राजाबाबु । हृदयघातका कारण मुस्ताक आलामको निधन भएपछि उनको मलामी बनेर काँध थापे सांसद आलमले ।


ADVERTISEMENT

# # #


राजनीति एक अर्कामा आरोप प्रत्यारोप र अस्वस्थ प्रतिस्पर्धाले आलोचित भईरहँदा मानवीय जीवनको नियमित प्रक्रियामा देखिएको यस्तो दृष्यले अर्थपूर्ण सन्देश दिएको हुनुपर्छ ।

सांसद आलमले भने ‘राजनीतिक लडाई त क्षणिक र जनताको सेवा गर्ने प्रतिस्पर्धाका लागि हो, बाँच्नुको सार्थकता त मानवीयतामा हुन्छ ।’