काठमाडौँ– चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले पशुपतिनाथको दर्शन गरेकी छन् । तीन दिने नेपाल बसाई सकाएर फर्किने क्रममा उनले पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेकी हुन् ।


ADVERTISEMENT


रसियामामा सम्पन्न विश्वकप फुटबलको फाइनल हेर्न काठमाडौँ आइपुगेकी उनले आइतबार क्लब डेजाभुमा आफ्ना प्रशंसक संगै खेल हेरेकी थिइन् ।


ADVERTISEMENT

# # #


सन् २०११ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जिते टपलेस हुने भन्दै मोडल पाण्डे एकाएक चर्चामा आएकी थिइन् ।