काठमाडौँ– विश्व कपको उपविजेता टोली क्रोएसियाली फुटबल टोलीको स्वदेशमा भव्य स्वागत भएको छ । रसियामा आइतबार भएको फाइनलमा फ्रान्ससँग ४–२ ले पराजित भएको भोली पल्टै टोली स्वादेश फर्केको थियो ।


ADVERTISEMENT


लुका मोड्रिच र उनको टोलीलाई हजारौं समर्थकले भव्य स्वागत गरेका थिए । विश्वकप इतिहासमा क्रोएसियाको यो अहिले सम्मकै उच्च प्रदर्शन हो।


ADVERTISEMENT

# # #


रसिया विश्वकपकै उत्कृष्ट खेलाडी मोड्रिचले गोल्डेन बल जितेका थिए। यसअघि सन् १९९८ मा क्रोएसिया तेस्रो भएको थियो । त्यति बेला पनि फ्रान्स पहिलो पटक विजेता बनेको थियो।