टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योग नजिकै शंकास्पद वस्तु भेटिएको छ । इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले शंकास्पद वस्तु प्रेसर कुकर बम भएको हुनसक्ने बताए ।


ADVERTISEMENT


उनले प्रेसर कुकरसँगै तार र ब्याट्री समेत रहेकाले बम नै हुनसक्ने आशंका गरेका छन् । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ । उद्योगको बाहिर शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु भेटिएको १५/२० मिटर टाढा घरहरू छन् ।


ADVERTISEMENT

# # #