बर्दिबास– गाँजा तस्कर र प्रहरीबीच महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीमा मंगलबार गोली हानाहान भएको छ।


ADVERTISEMENT


प्रहरीले देख्ने बित्तिकै भाग्दै गरेका गाँजा तस्करीमाथि प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको थियो। तस्करले प्रहरीलाई लक्षित गरेर कम्तिमा ३ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।


ADVERTISEMENT

# # #


गोली प्रहार भएपछि तस्कर भागेको प्रहरीले जनाएको छ। उनीहरूबाट बरामद गाँजाको परिमाण ३३ किलो रहेको प्रहरीले जनाएको छ।

हतियारसहित गाँजा तस्करी हुन लागेको गोप्य सूचनाको आधारमा मंगलबार राति सबा १० बजे डिएसपी खड्का नेतृत्व टोली अजमलपट्टी पुगेको थियो।