काठमाडौं– प्रमुख विपक्षी कांग्रेसले सरकारले संसदमा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजे सदन चल्न नदिने निर्णय गरेको छ ।


ADVERTISEMENT


सरकारविरुद्ध सडक आन्दोलन घोषणा गरेको कांग्रेसले सदन अवरोध जारी राख्ने भएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेस शीर्ष नेताहरुको बुधबार बसेको बैठकले जुम्लामा आमरण अनरसनमा बसेका डा. गोविन्द केसीको सम्बोधनका लागि सरकारलाई दबाव दिने निर्णय गरेको छ । डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई समर्थन गर्ने र अहिलेकै विधेयक अघि बढाउन खोजे संसद अवरुद्ध गर्ने निर्णय छ ।

‘डा. केसीसँग सहमति भयो, चिकित्सा शिक्षा अध्यादेश र माथेमा आयोगको प्रतिवेदनको मर्मअनुसार विधेयक आयो भने संसद चल्छ, नभए चल्न दिँदैनौं’ शर्माले भने ।

सदको बैठक भोलि बोलाइएको छ ।