काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले इन्टरनेटमा १३ प्रतिशत कर वृद्धि गर्ने सरकारको निर्णय विरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारले साउन १ गते अर्थात हिजोदेखि मोबाइल र इन्टरनेटमा थप १३ प्रतिशत कर बढाएको विरोधमा नेविसंघले नेपाल दुरसञ्चार प्राधिकरणको कार्यालय अगाडि आन्दोलन गर्ने भएको हो ।


ADVERTISEMENT


संगठनले आज दिउँसो ३ बजे कमलादीस्थित नेपाल दुरसञ्चार प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्ना र घेराउ गर्ने नेविसंघ अध्यक्ष नैनसिंह महरले जानकारी दिए । चुनाव अघि फ्रि वाइफाइको नारा दिएको ओली सरकारले चुनावपछि इन्टरनेटमा थप १३ प्रतिशत कर लगाएर निमुखा जनताको ढाड सेक्ने काम गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


यसअघि ११ प्रतिशत कर तिरिरहे पनि त्यसमा थप १३ प्रतिशत जोडिएपछि आमनागरिकको दैनिकीको पर्याय बनिसकेको इन्टरनेट महंगिएपछि सवत्र यसको विरोध भइरहेको छ ।