काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ ।


ADVERTISEMENT


बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् ।

सन् २०२० देखि एसईईमा प्रश्नपत्र बैंकबाट सोध्ने गरी तयारी अघि बढेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । – आजको कान्तिपुरबाट