काठमाडौं– जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याउन हेलिकप्टर जुम्लातर्फ प्रस्थान गरेको छ ।


ADVERTISEMENT


कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएको कारण उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइने भएको हो ।


ADVERTISEMENT

# # #


बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको थियो । बुधबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

डा. केसी लाई आर्मीको हेलिकप्टरमा काठमाडौँ ल्याउन लागिएको हो । डा केसीलार्इ काठमाडौँ ल्याएर आर्मीकै अस्पतालमा राखेर उपचार गर्न सकिने स्रोतले जनाएको छ । डा केसीलार्इ लिन शिक्षा सचिवको नेतृत्वमा टोलि जुम्ला गएको छ ।