काठमाडौं–जुम्लामा बिगत २० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले आफू काठमाडौं नजाने बताएका छन् ।


ADVERTISEMENT


बिहिबार बिहान सम्बोधन गर्दै डा केसीले यदि राज्यलाई मेरो स्वास्थ्य प्रति चिन्ता लागेको भए पहिले माग पुरा गर्न चुनौती दिए ।


ADVERTISEMENT

# # #


‘माग पुरा गर म अनसन तोड्छु,’ केसीले भने,‘यो स्थान मेरो लागि पवित्र स्थान हो चन्दननाथ बाबाको काखमा बसेर सत्याग्रह गरिरहेको छु, म जबसम्म माग पुरा हुन्न यही जुम्लालमा अनसन जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन । र गुण्डागर्दी चल्दैन ।’

आफ्नो लडाई माफिया डन र अधिनायकवाद विरूद्ध रहेको भन्दै उनले माफिया डन र अधिनायकवादको हार हुने र जनताको जित हुने दाबी गरे ।