दाङ– यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ ।


ADVERTISEMENT


राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


चंगुवा, नयाँ बस्ती, सिमलखुट्टी, जंग्रहवा, सालभौरी, खैरभट्टी, नौसहरालगायतका टोलका बासिन्दाले ग्यास चुलो पाएका हुन् । धुवाँमुक्त समाज बनाउने उद्देश्यले ग्यास सिलिण्डिरसहित चुलो वितरण गरिएको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले जानकारी दिएका छन् ।

वडावासीले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँ र धुलोले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोग लगायतका रोग लाग्ने गर्छ । भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई मध्यनजर गरेर ग्यास बाँड्ने काम भएको वडा कार्यालयले जनाएको छ ।

यो गाउँपालिका भारतसँग सीमासमेत जोडिएको छ । मानव सूचकांकमा समेत यो गाउँपालिका कमजोर छ । यो गाउँपालिकामा भारतसँग जोडिएका विभिन्न नाका छन् । यहाँ स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारको अवस्था पनि कमजोर नै छ ।

बिहीबार जंग्रहवामा एक कार्यक्रमका बीच ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले गृहिणीको स्वास्थ्य राम्रो बनाउन यो कार्यक्रमले सघाउने भन्दै कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । रासस