एजेन्सी– रसियामा भर्खरै सम्पन्न भएको विश्वकपमा फ्रान्सका १९ वर्षे खेलाडी किलीएन एम्बाप्पे निकै चर्चित बने । उनको प्रर्दशनलार्इ धेरैले रूचाए । उनै एम्बाप्पे सबैभन्दा महंगो युवा फुटबलर बनेका छन् ।


ADVERTISEMENT


विश्वकप विजेता टोली फ्रान्सका खेलाडी एम्बाप्पे हालै सकरेक्सले गरेको रिपोर्टमा सबैभन्दा महंगो युवा फुटबलर रहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


रिपोर्ट अनृुसार १९९७, जनवरी १ पछि जन्मेका फुटबलरहरुको मूल्यांकन गरेको छ । जसमा उमेर, स्तर, हालीय क्लब, बजार मूल्य, अन्तर्राष्ट्रिय खेल, खेलेको समय, चोट, प्राविधिक गुण र गोल गरेको आधारमा सकरेक्सले रिपोर्ट निकालेको हो । जसमा पेरिस सेन्ट जर्मेनका स्टार एम्बाप्पे १७ करोड १५ लाख पाउन्ड मूल्यका साथ सवैभन्दा महंगो युवा फुटबलर बनेका छन् ।

विश्वकप अवधिभर उनको खेल्ने शैलीको निकै प्रशंसा पनि भयो । फ्रान्सलाई विश्वकप उपाधि दिलाउन उनले चार गोल समेत गरेका थिए ।

यस्तै म्यानचेस्टर युनाइटेडका एटे्याकर मार्कुस रास्फोर्ड दोस्रो स्थानमा रहेका छन् । उनी ७ करोड ९६ लाख पाउन्डसहित सबैभन्दा महंगो युवा फुटबलरको सूचीमा दोस्रो स्थानमा परे ।

अर्को प्रिमियर लिग खेलाडी तेस्रो स्थानमा छन् । म्यानचेस्टर सिटीका ब्राजिली स्ट्राइर गेब्रिएल जिससको मूल्य ७ करोड ८५ लाख पाउन्ड रहेको छ ।