काठमाडौं– सरकारले अनशनरत डा. गोविन्द केसीसँग सिधै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको हो ।


ADVERTISEMENT


बिचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानभन्दा समस्या भएको ठहर गर्दै सरकार आफैँ वार्तामा बस्ने निष्कर्षमा पुगेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सिधै केसीसँग वार्ता गर्न वातावरण बनाइरहेको बताए ।

केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ता टोली पनि हुनेछैन। केसीले मन्त्रिस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने अडान राखेकाले सरकार यही तयारीमा लागेको हो । – आजको नयाँ पत्रिकाबाट