काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव दिएका छन् ।


ADVERTISEMENT


जीवन रक्षाका लागि पनि वरिष्ठ चिकित्सक केसीका मागलाई सम्बोधन गर्न ढिलाइ नगर्न सभापति देउवाले पनि सरकारसँग आग्रह गरे ।


ADVERTISEMENT

# # #


शुक्रबार अपरान्ह वरिष्ठ चिकित्सक केसीको महाराजगंजस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उनले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने दोहोर्‍याएका छन् ।

सभापति देउवाले संचारकर्मीहरुमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै नआए मान्य नहुने चेतावनी दिए ।

सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आहृवान गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताकोजस्तै संसदबाट पारित गराउन माग गर्दै संसद र सडक दुवै संघर्षलाई निरन्तरता दिँदै आएको छ ।