काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिभिजनमा राज्यको लगानी भएकाले यसलाई मर्यादित, व्यवस्थित, प्रतिस्पर्धी र एक नम्बर टेलिभिजनका रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


एनटिभीद्वारा आज आयोजित दीर्घ सेवा गर्ने कर्मचारीलाई पदक प्रदान एवम् प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ का सहभागीलाई सम्मान कार्यक्रममा मन्त्री बाँस्कोटाले मन्त्री बाँस्कोटाले कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बाँस्कोटाले भने, “पहिलो कुरा संस्था बाँच्नुपर्छ, संस्था बलियो भइसकेपछि तपाईंहरुको जीवन यसै राम्रो हुन्छ ।”


ADVERTISEMENT

# # #


कार्यक्रममा टेलिभिजनमा ३० वर्ष सेवा पुर्याउने ४० र २० वर्ष सेवा पुर्याउने पाँच कर्मचारीलाई क्रमशः स्वर्ण र रजत पदक प्रदान गरिनाका साथै सगरमाथा आरोही पाँच महिला पत्रकारलाई सम्मान गरिएको थियो ।