टेक्सास– २२ दिनदेखि अनशनमा रहेका प्राडा गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै अमेरिकामा प्रदर्शन भएको छ । केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पूरा गर्न नेपाल सरकारलार्इ अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै हस्ताक्षर समेत संकलन गरेका छन् ।


ADVERTISEMENT


अमेरिकाको टेक्सासलगायत विभिन्न स्थानमा भएका प्रदर्शनसँगै संकलित हस्ताक्षर राष्ट्रसंघमा बुझाउने तयारी भइरहेको बताइएको छ । तीन दिनसम्म करिब १५ हजार हस्ताक्षर संकलन भएको र एक लाख पुगेपछि राष्ट्रसंघलाई बुझाइने अभियानकर्ताहरूले बताएका छन् ।


ADVERTISEMENT

# # #


डा. केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिने समेत उनीहरूले बताएका छन् । केसीका मागप्रति सरकार गम्भीर नबनेको र उल्टै अमानवीय दमन गरेको भन्दै मानव अधिकार उल्लंघनको आरोपमा नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा उजुरी समेत पठाइएको एक अभियन्ताले जनाए ।