काठमाडौँ– डी.ए.भी. सुशील केडिया विश्वभारती विद्यालयले स्थापनाको २५ औ बार्षिकोत्सव मनाएको छ । विभिन्न प्राज्ञीक व्यक्तित्वको उपस्थितिमा विद्यालयकै परिसरभित्र शनिबार उक्त समारोह सम्पन्न भएको हो ।


ADVERTISEMENT


उप–प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको  थियो । कार्यक्रममा बोल्दै गृहमन्त्री निधिले आधुनिक समयमा डि.ए.भी. विद्यालयले पूर्विय ज्ञान र पाश्चात्य विज्ञानलाई सन्तुलीत ढङ्गबाट अगाडि बढाउन सकेकोमा प्रंशसा गर्दै शिक्षाको गुणस्तर बढाउन विद्यालयले अनुसन्धान पद्धति अपनाउनु पर्ने बताएका थिए ।  । देश विकासमा आफुहरु लागि परेको बताउँदै उनले सम्पूर्ण शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई शिक्षाको विकास र उचित व्यवस्थापनमा अग्रसर हुन अनुरोध गरे ।


ADVERTISEMENT

# # #


समारोहमा भारतीय दुतावासका प्रतिनिधि एम.केभोमले भारत सरकारले नेपालका करिव ३ हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइरहेको बताउँदै सो कार्यक्रमबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए । त्यस्तै सांसद उमेश श्रेष्ठले नेपाली शिक्षामा निजी विद्यालयले पुर्याएको योगदानको कदर गर्ने समय आएको स्मरण गराए । विद्यालयका अध्यक्ष श्री अनिल केडियाले डि.ए.भी विद्यालयले संस्कृत वाङ्मय, ध्यान तपस्या र योग सँगसँगै युरोपियन विद्यालय स्तरको सिपमुलक शिक्षालाई पूर्ण रुपमा अबलम्बन गरिएको बताए ।

उक्त बार्षिकोत्सव समारोहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका किन्डरगार्टेन तहदेखि कक्षा १२ सम्मका विद्यर्थीहरुले विभिन्न संगीत, नृत्य, नाटक र खेलकुद प्रस्तुत गरेको थिए । सोही अवसरमा हालै सडक दुर्घटनामा दिवंगत भएका स्वर्गीय जनार्दन घिमिरेको सम्झनामा उनको जीवनको डकुमेन्ट्रि प्रर्दशन गरिएको थियो ।