काठमाडौँ, फागुन ३ । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहेका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए।


ADVERTISEMENT

# # #


यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उनको ठाउँमा खनाल आएका हुन् ।