काठमाडौं– पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सोमबार पहिलो साउने सोमबारको अवसरमा पशुपतिको दर्शन गर्न पुगेकी छन् । उनी केहि सहयोगी र छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ पशुपतिको दर्शनका लागि पुगेकी हुन् ।


ADVERTISEMENT


उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए भने उनले पनि मन्दमुस्कानका साथ समर्थकहरुलाई बिदाई गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् ।

हिमानीको पति पारस शाहसँग सम्बन्ध सुमधुर नरहेको बताइन्छ । सार्वजनिक कार्यक्रममा हिमानी बिरलै पारसँग देखिन्छिन्