काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य सुजाता कोइरालाले अनसनरत डा. गोविन्द केसीका जायज मागहरुलाई तत्काल सम्बोधन गरिनुपर्ने बताएकी छन् । डा. केसीले उठाएका मागहरूमा केही महत्वपूर्ण विषयहरू रहेको भन्दै उनले ती मागहरूलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।


ADVERTISEMENT


नेतृ कोइरालाले डा. केसीले पनि आफ्नो पेशागत मर्यादालाई ध्यान दिनुपर्ने उल्लेख गरिन् । उनले भनिन्, ‘डा. केसीका मागहरूमा केही महत्वपूर्ण विषयहरू छन्, ती मागहरूलाई तत्काल सम्बोधन गर्नुपर्छ । तर डा. केसीले पनि आफ्नो पेशागत मर्यादा र नैतिकताप्रति पनि उत्तिकै जिम्मेवारीपनको प्रदर्शन गर्न सक्नु पर्दछ । सही उदेश्यको परिणाम गलत हुनुहुँदैन ।’


ADVERTISEMENT

# # #


अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोप्न खोजिरहेको भन्दै उनले ठूलो संघर्ष र त्यागपश्चात प्राप्त गरेको लोकतन्त्र र शान्ति खतरामा पर्ने संकेत देखिएको बताइन् ।

लोकतन्त्र, विकास, समृद्धि र शान्तिका राष्ट्रिय एजेन्डाहरूबाट पार्टी र सरोकारवालाहरू भाग्न नहुने बताउँदै उनले प्रधानमन्त्री ओलीले पनि सहमती, सहकार्य र एकताको मर्मलाई पन्छाएर प्रजातान्त्रिक संविधानको भावना विपरित गएर देशलाई दुर्घटनातर्फ लैजाने प्रयत्नको साक्षी बन्नु हुन्न भनिन् ।

यस्तै उनले मुलुकको संवेदशील समयमा कुनै पनि महत्वपूर्ण निर्णय लिँदा काँग्रेसले केन्द्रीय समिती, कार्य सम्पादन समितीमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने बताएकी छन् ।